‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक (भिडियो)

द डिभाइन म्युजिक।
चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा कार्यक्रम राख्दै सार्वजनिक गरिएको ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुशिल श्रेष्ठ र रुविना थापाको
फिचर्ड रहेको छ।
सुगम पोखरेल र स्वेच्छा ठकुरीको आवाज रहेको गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ, भने अर्जुन पोखरेलले शब्द तथा संगीत रहेको छ। मधु बास्तोलाको
लेखन रहेको यस चलचित्र ‘लभ डायरीज’ मा लगानी भने विनोद सापकोटाको रहेको छ।
असोज ३ गते प्रर्दशन हुने चलचित्रमा रामबाबु गुरुङले निर्देशन ,मिलन श्रेष्ठले सम्पादन, रहेका छन्। तेसैगरी चलचित्रमा सुशिल र रुविनासँगै विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।
भिडियो :
प्रतिकृया दिनुहोस्