May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

नेपालमा कोरोना संक्रमणबाट अर्का एक ब्यक्तीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट अर्का एक ब्यक्तीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका –७ दैलेखको  क्वारेन्टाइनमा रहेका युवकको  शनिबार मृत्यु भए पछि  कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।

दुल्लुका ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

यो सङै नेपालमा कोरोना  संक्रमणबाट मृत्यु हुनेको संख्या  ७ पुगेको छ

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।