May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

आज १६६ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ८ पुग्यो

आज १६६ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।