May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

लकडाउनको बेला किन नेपाल आइन् मनिशा कोइराला ?

लकडाउनको बेला किन नेपाल आइन् मनिशा कोइराला ?

बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छिन् ।स्थलमार्गबाट मंगलबार भैरहवा बेलहिया नाकाबाट मनिषा आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

नेपाल्ले लिम्पियाधुरासहितको  नक्सा सार्वजनिक गरेपछि मनिषाले आफ्नु प्रतिकृया राखेकी थिन् । उनको पछिल्लो अभिव्यक्तिलाई लिएर कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो प्रतिक्रिया जनाएकी थिइन्। भारतिय सन्चार माध्यम्ले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । अन्नपूर्ण