May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

एन्जिला रेग्मीको ‘मन्त्र पढें तिम्रै नामको’ बोलको तीज सार्वजनिक

एन्जिला रेग्मीको ‘मन्त्र पढें तिम्रै नामको’ बोलको तीज सार्वजनिक

काठमाडों । गायिका एन्जिला रेग्मीको आवाजमा ‘मन्त्र पढें तिम्रै नामको’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको छ ।

घनश्याम खतिवडाको निर्देशनमा बनेको गीतको भिडियोमा भने सारिका घिमिरे र निक्लोस अर्याललाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई हरि सुवेदी र नन्दा गाहाले निर्माण गरेका हुन् ।

भागिरथा गाहा मगरको कोरियोग्राफर रहेको गीतको भिडियोमा वीरेन्द्र भाटको छायाँकन, नविन घर्ती मगरको सम्पादन छ । कार्टुन क्रुजको चर्चित गीत ‘दिलको भित्तैमा’बाट एकाएक चर्चामा आएकी एन्जिलाको यो पहिलो तीजको गीत हो ।