May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

कसरी सर्छ नोबेल कोरोना भाइरस ? (विचार)

कसरी सर्छ नोबेल कोरोना भाइरस ? (विचार)
(लेखक: सरोज पोखरेल, त्रिभुवन विश्वविध्यालय मानवशास्त्र बिषयमा दर्शनाचार्यमा अध्ययनरत)

चीनको वुहान सहरमा कोरोना भाइरसको उत्पत्ति भएको थियो । सोहि भाइरसले हाल विश्व नै आतंकित बनाएको छ ।ती भाइरसको कारणले सिंगो विश्व भयावह र आक्रान्त भएको छ ।विभिन्न अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरुले भन्दै आएका छन् कि यो अनौठो कोरोना भाइरसको जन्म मानिस र जनवारको भाइरस मिलेर भएको हो । त्यसैले यो भाइरसको नाम नोबेल कोभिड-१९ राखियो । यथापी यो भाइरस अहिले हिउम्यान भाइरस अर्थात् मानव भाइरसको रुपमा विश्वभरी नै फैलिएको छ । पछिल्लो खबर(भनाइ) अनुसार केहि दिन अघि अमेरिकाको चिडियाखानाभित्रको बाघमा पनि कोरोना भाइरस संक्रमित भएको समाचार बिभिन्न समाचार मध्यमहरुमा प्रकाशन तथा प्रसारण भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अध्यक्षले भन्दै आएका छन् कि ती व्यक्तिहरु जो ६० वर्ष भन्दा माथिको उमेर समुह र मुटु रोगी, मधुमेह, लगायत दिर्घ रोगीहरुमा कोरोना भाइरसले अन्त्यन्त चाडै आक्रमण गरिरहेको छ ।उनको भनाइ अनुसार हामीहरुले अन्दाज गर्दा यो भाइरसको रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिहरुलाई एकदमै तत्काल आक्रमण गर्ने रहेछन ।साथै बिभिन्न अनुसन्धानकर्ताहरुले पनि भन्दै आएका छन् कि वृद्धाहरु, साना बालबालिका, गर्भवती महिला र रोगबाट ग्रसित भएका व्यक्तिहरु आदिमा यसको संक्रमण अझ बढी भैरहेको देखिन्छ ।यद्यपी स्वास्थ्य युवाहरुमा भने यसको संक्रमण अन्य व्यक्तिहरुमा भन्दा एकदमै कम हुन्छ भन्ने कुरा बिभिन्न संचार मध्यमहरुबाट सुनिन्छ । बास्तवमा कोरोना भाइरस पनि अन्य भाइरस जसरि नै श्वासप्रश्वासको मध्यमबाट सर्ने रोग हो ।जुन भाइरस बिभिन्न किसिमका शारीरिक र श्वासप्रश्वासका मध्यमद्धारा अन्य व्यक्तिहरुसम्म फैलिने गर्दछ जस्तै: हात मिलाउदा, अंगलो हाल्दा, खोक्दा, हाच्युं गर्दा आदि

बिभिन्न अनुसन्धानहरुले बताइसकेका छन् । कि मान्छेले एक पटक हाच्युं गर्दा करिब तिन हजार पाँच सय भन्दा बढी थोपाका कणहरु निस्किन्छन र ती कणहरु अन्य मान्छे वारपार वा नजिकमा उड्न सक्छन साथै केहि थोअपहरु हावामा पनि रहन सक्छन ।

मानिसहरुले गर्ने दिशापिसाबमा पनि कोरोना भाइरस हुन्छ भनेर बिभिन्न स्वास्थ्य सम्बन्धि विग्याहरुले भंद्दै एअका छन् । विश्व स्वस्थ संगठनको भनाइ अनुसार भाइरस सर्ने मध्यम भनेकै भैरासा भाइरस सतह छुने र हातले शरीरका बिभिन्न अंगहरु जस्तै: नाक कान घाँटी मुख, आँखा छाला लगायत छुनाले उक्त भाइरस सजिलै श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्दछ त्यसैले मान्छे मर्न सक्ने सम्भावना बढी हुन्छ । तर अचम्मको कुरा के छ भने यो कोरोना भाइरस मान्छेको शरीरमा कति समय बाँच्छ भनि अहिलेसम्म कुनै अनुसन्धानले बताउन सकिएको छैन । तर धेरै खोजकर्ताहरुले भन्दै आएका छन् कि कोरोना भाइरस अन्य भाइरस भन्दा लामो समयसम्म मानिसको शरीर र कुनै पनि बस्तुमा समेत बाँच्न सक्दछ । अमेरिकी नेशनल इन्सिच्युट हेल्थले भनिसकेको छ कि हावामा कोरोना भाइरास दुइ तिन घण्टा भन्दा बढी समय सम्म जीवित हुन्छ । साथै द निउ इंग्ल्याण्ड जर्नल अफ मेडिसियानले पनि भनिसकेको छ । कोरोना भाइरस हावामा तिन घण्टा कागजमा चौबिस घण्टा, प्लास्टिक र स्ट्रिलमा करिब दुइ देखि तीन दिनसम्म जीवित रहन सक्ने क्षमता कोरोना भाइरसको हुन्छ ।साथै उक्त जर्नलले दावा गरिरहेको छ कि धेरै गर्मि ठाउमा कोरोना भाइरस लामो समयसम्म बाँच्न सक्दैन ।

त्यसैले माथि उल्लेखित कोरोना भाइरस सर्ने मध्यमलाई विश्लेषण गर्दा यदि संक्रमित व्यक्तिले छोएको खण्डमा घरको चुक्कुल, टेबुल, भर्याङ्ग, लगायत अन्य बिभिन्न बस्तुहरुबाट सजिलै सर्न सक्ने भएकोले हरेक माइसले संबेदनशील भएर सुरक्षित रहन जरुरत रहेको देखिन्छ । हालसम्म कोरोना भाइरसको बिरुद्ध कुनै पनि खोपजन्य अर्थात् औषधि मुलक पदार्थको पहिचान हुन नसकेको हुनाले नागरिकहरु आफै सचेत भएर सुरक्षित रहन सकिए मात्रै कोरोना भाइरसबाट बाँच्न सकिन्छ होइन भने भयावह परिस्थिति निम्त्याउन सकिन्छ ।