May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

समाज र मानव विज्ञानको नजरमा कोरोना (बिचार)

समाज र मानव विज्ञानको नजरमा  कोरोना (बिचार)

लेखक: सरोज पोखरेल, त्रिभुवन विश्वविध्यालय, मानवशास्त्र दर्शनाचार्य विषयमा अध्ययनरत

विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसका बिरुद्ध विश्वको सिंगो मानव जति लडिरहेको छ । विश्वका प्राय सबै देशमा फैलिएको यस महामारीका बिरुद्ध सबै देश र नागरिकले आ आआफ्नो ठाउँबाट सतर्कता अपाउन अत्यन्त आवश्यक छ ।हालसम्म कोरोना भाइरसको कारण विश्वभर २ लाख १० हजार भन्दा धेरैको ज्यान गैसकेको छ । भने ३० लाख भन्दा धेरै संक्रमित छन् ।संक्रमित मध्ये झन्डै ९ लाख चाही कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् ।अमेरिका इटाली, स्पेन बेलायत इरान जस्ता देशमा कोरोना भाइरसबाट हरेक दिन सयौको ज्यान जाने गरेको र हजारौ जना यसबाट संक्रमित भएको समाचार आउछ । यद्यपि नेपालमा आजको दिनसम्म एक जना पनि मृत्यु भएको छैन | संक्रमितको संख्या ५० काटेको छ। नेपाल सरकारले कोरोना भाइरसको व्यपस्थापन र यसको जोखिम न्यूनीकरण लका लागि उदाहरणीय कार्यहरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभरी नै संकटकाल घोषणा गरिसकेको अवस्था छ । विश्व स्वस्थ्या संगठनले विद्यमान लकडाउनका उपायहरुबाट बाहिर निस्किने रणनीतिको खोजि पनि गरिरहेको छ ।लकडाउनका कारणले अहिले धेरै देशहरु हलचल गर्न सकेको छैन वा अर्थ व्यवस्था अबरुद्ध छन् | यथापी कहिले र कसरि प्रतिबन्धहरु कम गर्दै लाने भन्ने जवाफ सजिलैसँग दिन सकेको छैन । अब प्रश्न आउदा के मानव जाति नै कोरोना भाइरसबाट डराउनै पर्ने अवस्थामा पुगेको हौ त ? हो अहिले चीन देखि अमेरिका जस्ता देश पनि कोरोना भाइरसबाट डारइरहेको अवस्था छ ।कोरोना भाइरसको कारणले विश्वभरीका धेरै मानिसहरु आतंकित भइ घरभित्रबाट बाहिर निस्कदा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने नियम विश्व स्वास्थ्य संगठनले ल्याएको छ । फेरी प्रश्न उठ्छ विश्वका लागि यो साच्चिकै खतरनाक स्थिति हो त ? अर्को प्रश्न के विश्वका मानिसहरुलाई यो कोरोना भाइरसले सिध्याउनै लागेको हो त ? यस्ता विभिन्न किसिमका प्रश्नले मानवजाति नै डिप्रेसनको सिकार बन्ने कतार बढेर गएको छ ।कोरोना भाइरस हाल विश्वभरी डरलाग्दो महामारीका रुपमा फैलिंदै गएको छ ।गैर आवासीय नेपाली संघका अनुसार कोरोनाले विश्वभरमा लगभग ३३ जना नेपालीको मृत्यु भैसकेको छ । नेपालमा पनि केहि दिन दिन अघि मात्रै देखा परेको कोरोना भाइरसको संक्रमित दर दिनप्रति दिन बढ्दै गैरहेको छ ।

पछिल्लो दिनमा नेपालमा भेटिएका कोरोना संक्रमित व्यक्तिमा फरक किसिमको प्रकृति देखिएको छ । विश्व स्वास्थ्य संगठनले १४ दिनसम्म संक्रमण भएमा लक्षण देखिने भने पनि पछिल्ला अध्ययनले विश्वमा ठाउँ अनुसार कोरोना भाइरसले फरक असर पारिरहेको देखिएको छ । नेपालमा कोरोना संक्रमणको असर हेर्दा यो कुन स्वरुपमा फैलिएको छ भन्न सक्ने अवस्था नभएको जनस्वास्थ्य विज्ञहरुले बताउदै आएका छन् । यद्यपि फरक फरक समाजमा जन्मने गर्दछन् र फरक फरक मानिसहरु फरक फरक संस्कृतिबाट हुर्किएका हुन्छन् | हरेक व्यक्तिको रोगसँग लड्ने रोगप्रतोरोधात्मक क्षमता फरक फरक हुन्छ भनेर बिभिन्न बैज्ञानिक अध्ययन अनुसन्धानले भन्दै आएका छन् ।विशेषगरी गाउले जीवन शैलीमा नुन बाहेक अन्य खाद्यान्न तरकारीलाई स्थाबिया तहमा उत्पादनमा बढी जोड दिने गरिन्छ। यसले मानिसलाई वाय्स्ता बानौने काम गरेको छ ।
मानिसलाई के परेको छ भने शहर बजारमा जति जनघनत्व छ यहाँ पाइने खाद्यान्न तरकारी फलफूलमा बिषादी छ भन्ने परेको छ ।

अहिले कोरोनाको यस्तो महामारीमा मानिसहरु गाउ किन गए ? कम्तिमा हामीमा गाउमा खाने फलफुल खाद्यान्न अर्गानिक छ भन्ने बुझाई रहेको छ। जसको प्रयोगले रोगसँग लड्ने क्षमता बलियो हुन्छ भन्ने हो । आजको दिनसम्म पनि गाउमा अझै ६० प्रतिशत भन्दा बढी अर्गानिक तरकारी खाद्यान्नले जीविकोपार्जन चलाएका छन् । यसैका कारण हामीमा रोगसँग लड्ने क्षमता बढी हुन सक्छ । यो बैज्ञानिक आधारमा विस्तृत अध्ययनबाट निस्केका तथ्य त होइन तर यसमा केहि न केहि सत्यता छ । केहि विज्ञहरुले यसको तर्क समेत गरिरहेका छन् । कुनै पनि किटाणुले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएको मानिसलाई आक्रमण गर्दछ ।अहिले विश्वमा फैलिरहेको कोरोना भाइरसको गुण पनि यहि हो । जो कमजोर छ उसलाई एक्कासी आक्रमण गर्दछ । सामान्यतय ५० वर्ष भन्दा माथिका वा दिर्घ रोगीहरु जसले दैनिक रुपमा औषधि प्रयोग गर्दछन । ती व्यक्तिलाई कोरोना भाइरसले सजिकै आक्रमण गर सक्दछ । यद्यपि रोगप्रति रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिसहरुलाई आकर्षण गर्दैन भन्ने चाहि होइन । कोरोना भाइरसबाट बाँच्ने धेरै उपायहरु हुन सक्दछन तर बास्तवमा अहिले मानिससँग जम्मा दुई उपाय मात्र छन् । या त आफ्नो शरीर बलियो बनाउनु पर्यो या त भाइरसले आक्रमण गर्ला भनेर घरभित्रै बन्दि भएर बस्नु पर्यो । अर्थात् या त आफुलाई बलियो बनाउन पर्यो या त बचावट गर्नु पर्यो । आजको एक्काइसौ सताब्दीको इम्युन सिस्टम बलियो बनाउनु पर्छ भन्नु भन्दा पनि रोगबाट कसरि बाँच्ने भन्ने विषयमा बढी केन्द्रित छ ।विश्व स्वास्थ्य संगठनले पनि लकडाउन गर, घरभित्रै मात्रै बस घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मक्स लगाउ भनिरहेको अवस्था छ ।यद्यपि विश्व स्वास्थ्य संगठनले भनेको तर्क आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्सहमता बलियो बनाउनु हो । कुनै पनि समाज भित्र घट्ने घटनाको दुईवटा बिन्दु र सुक्ष्म बिन्दु अर्थात् मानिसको बाहिर आँखाले सतादी कुरालाई मात्रै देख्दछ उअदहरणको लागि रुपमा मानिसको शरीर र फोक्सोलाई लिन सकिन्छ शरीर सतही हो तर फोक्सो सुक्ष्म हो ।

आजको दिनसम्म पनि संसारका बैज्ञानिकले ल्याबमा भाइरस मार्ने औषधि बनाउन सकेको अवस्था छैन । उहदरणको रुपमा एड्सलाई लिन सकिन्छ जुन रोगको आजको दिनसम्म पनि औषधि बन्न सकेको छैन । त्यसैगरी राइनो भाइरसले रुघा लगाउदा छ । तर रुघाको औषधि आजका दिनसम्म बन्न सकेको छैन । हामीहरुले खाने रुघालाई मार्ने औषधि होइन । यसले त मानिसको शरीर भित्रको इम्युन शक्तिलाई बलियो बनाउने मात्र कम गर्दछ । विभिन्न किसिमका अनुसन्धानबाट पत्ता लगाई सकिएको तथ्य हो कि मानिसको शरीरले नै नेचुरल किलर उत्पादन गर्दछ जसले जस्तोसुकै भाइरसलाई पनि जित्छ ।यो हाम्रो शरीरभित्र इम्युन सेलको रुपमा रहेको हुन्छ । जुन व्यक्तिमा नेचुरल किलर उत्पादन गर्ने क्षमता बढी हुन्छ उक्त व्यक्तिलाई कुनै पनि भाइरसले आक्रमण गर्न सक्दैन ।यद्यपि कोरोना भाइरसले पनि आक्रमण गर्न सक्दैन । फेरी प्रश्न उठ्छ के गर्दा नेचुरल किलर बढी उत्पादन गर्न सकिन्छ त ? पहिलो कुरो त कोरोना भाइरसको महामारीमा सामाजिक दुरी नभई शारीरिक दुरी कायम राख्नु पर्ने देखिन्छ । किनकि समाजको दुरी बढाउने कामले झन् नकारात्मक सन्देश जान्छ । कोरोना भाइरस जस्ता महामारीमा सामाजिक नभई शारीरिक दुरी कायम राख्नु पर्ने देखिन्छ । तर अहिले विश्व साव्स्थ्य संगठनले नै सामाजिक दुरी कायम राख्नु पर्ने देखिन्छ । तर अहिले विश्व स्वास्थ्य संगठनले नै सामाजिक दुरी कायम राख भनेको अवस्था छ ।सामाजिक दुरी कायम राखेपछि हामी सामाजिक प्राणी वीच एकले अर्कालाई हेर्ने दृष्ट्रिकोण भावना आत्मियता पनि टाढिदै जान्छ ।दुरी कायम राख भन्नुको अर्थ हुलमुल भिदभाद पार्टी भेष जस्ता क्रियाकलापलाई अंकित गर्न खोजेको देखिन्छ । हामीले हेर्दा त्यो मात्रै सामाजिक संरचना होइन आ आफ्नो घरभित्र बसेर, लामो समयदेखि समय दिन नसकिएकाहरुले घरमा बसेर आफन्त बालबच्चासँग झन् घुलमिल भएर सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुपर्छ ।नेपालको धेरै समाजभित्र करेसाबारी बनाइन्छ ।करेसाबारीमा विभिन्न थरिका तरकारी लगाउने परिपाटी छ । यद्यपि काठमाण्डौ जस्तो ठुलो शहरमा करेसाबारी बनाउने कम बढ्दो छ । कतै कतै त घरको छतमा पनि करेसाबारी बनाएको उदहारण देख्न सकिन्छ । केहि अपवाद बाहेक धेरै हदसम्म नेपालीले ताजा तरकारी खाने गर्दछन ।साथ साथै मकै भटमास कोदो फापरको रोटि ढिडो खाने गर्दछ । त्यो बाहेक रोग प्रतिरोधात्मक क्षमता बढाउने बेसर मरमसला सहितको दाल भात तरकारी हाम्रो दैनिक भिजन हुन्छ त्यसैले हामी नेपाली प्रकृतिमय छौं र हाम्रो नेचुरल किलर सेल रुपी सिपाही हाम्रो रगतमा बलियो छ ।तसर्थ यस्ता अन्न वा खाद्यान्नले कोर्न भाइरसलाई पक्कै जित्ने देखिन्छ ।

दीप प्रज्वलन त हाम्रै संकृति हो । हिन्दु धर्ममा जति ह्रास आउदै गए पनि अझै पनि नेपालका अधिकांश घरहरुमा सांझा बिहना पूजाकोठा वा तुलसीको मठमा बत्ति वाल्ने गरेकै छ ।मोदीले भनेकै आधरम भन्नु मात्रै केहि छैन तर पनि हामी अरुले अभनी हाम्रै संस्कृति माथि पनि विश्वास गर्न हिच्किचाउछौ । नेपाली धर्म परम्परामा सबैभन्दा पहिले कम्युनिष्ट राजनीतिको मैदानमा उत्रिएभाहरुबाट प्रहर भयो । धर्म अफिम हो भन्ने उदघोषण साथ बाहुनलाई जनै फाल्न लगाउने देखि पुजापाठका बिरुद्धमा जेहाद छेडियो । यसो भनेर काँग्रेसका नेताहरुले धर्म जोगाउन लागि परे भन्ने आशय होइन ।भन्न खोजेको के मात्रै हो भने वीपी कोइरालाहरुले आफ्नोले अनुसरण नगरे पनि जनतालाई उक्साएनन् तर कम्युनिष्टहरुले ध्वस्त पार्ने लागे । तसर्थ यज्ञ, मन्त्र वा पुजापाठबाट कोरोना शान्ति हुन्छ । हरेक नेपालीले यस्ता यस्ता प्रचिनाकल देखि चल्दै आएका संस्कृति अंगाल्नले कोरोनाबाट मुक्त हुन सकिन्छ । आज नेपालीहरुले गाउले जीवन शैलीलाई त्यागेर सहरी जीवनशैली रोजेको अवस्था छ । धेरै पैसा कमाउने र चाडै धनि हुने आशामा रहेका मानिसहरुले स्वास्थको ख्याल नगरी धेरै भन्दा धेरै मानिसहरु शारीरिक व्यायाम वा प्राणायमबाट टाढा रहेको देखिन्छ । धेरै पैसा कमाउने र चाडै धनि हुने आशामा रहेका मानिसहरुले स्वास्थ्यको ख्याल नगरी धेरै समय काम गरिरहेका छन् । बास्तबमा स्वास्थ्य भन्दा ठुलो अरु केहि हुदैन ।स्वास्थ्य व्यक्तिलाई कम रोग लाग्ने साथै विभिन्न किसिमका भाइरसले आक्रमण गर्ने सम्भावना पनि कम हुने गर्दछ । स्वास्थ्य व्यक्तिलाई कोरोना भाइरसले पनि एकाकासी आक्रमण गर्न सक्दैन भन्ने संदेश विभिन्न अनुसन्धानबाट सुन्दै आएको अवस्था छ । तसर्थ हरेक मानिसलाई शारीरिक व्यायाम वा प्राणायम् अत्यन्त आवश्यक देखिन्छ । आतता कोरोना भाइरसबाट बाँच्नको लागि दैनिक पाँच प्रणायम गर्नुपर्ने देखिन्छ ।भस्त्रीका कपाल भाति अनुलोम भ्रामनी र उद्जिथ प्रणयम्बाट नै मानिसको फोक्सो लगाए त अन्य अंगहरु बलियो हुन्छ साथै कोरोना भाइरसले पनि एक्कासी आक्रमण गर्न सक्दैन ।