May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियो)

असोज ४। द डिभाइन म्युजिक।

नेपाली चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो। राजनीतिक, द्वन्द्व र उमेरको भाव बोकेको चलचित्रमा दिपक राज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशर वान्देल, अनुराग कुवार, विष्णु सापकोटा, सविज बास्कोटा, शारदा गिरी, बुद्धि तामाङ, भिम श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

दिपेन्द्र लामाले निर्देशन  रहेको चलचित्रमा रोहित अधिकारीको लगानी ,हरि हुमागाईंले छायांकन ,
विपिन मल्लले सम्पादन रहेको छ। असोज २४ गते देखि प्रर्दशन हुने यस चलचित्र ‘छ माया छपक्कै’ मा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता ,सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी सह निर्माता दिपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरावी पटकथा  रहेको छ।