May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक (भिडियो)


द डिभाइन म्युजिक / साउन १०।

विकास आचार्य निर्देशित चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र मिलनलाई देखाइएको ‘हजार जुनीसम्म’को ट्रेलर शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको थियो ।
ट्रेलर :

यस चलचित्रमा स्वस्तिमा खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, अखिलेस प्रधान, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, शिवहरी पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ। अखिलेष प्रधानले भने यस बाट डेब्यु गर्दैछन् । साउन ३० गते देखि प्रर्दशन हुने चलचित्र ‘हजार जुनीसम्म’ मा विशाल चाम्लिङले निर्माण, पुरुषोत्तम प्रधानले छायांकन, र अर्जुन जिसीले सम्पादनरहेको छ। तेसैगरी यस कथालाई विशाल चाम्लिङले तयार पारेका हुन भने पटकथा सामिप्यराज तिमल्सेना र निर्देशक आर्चायले तयार पारेका हुन् ।