May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

हलिउडको आदर्श जोडी एन्जेलिना जोली–ब्राड पिटको सम्बन्धविच्छेद

हलिउडको आदर्श जोडी एन्जेलिना जोली–ब्राड पिटको सम्बन्धविच्छेद

साउन ०५/ हलिउड । हलिउडका चर्चित जोडिहरु अलग हुने क्रम निकै बडिरहेको छ । यो दुखद सिलसिला लाई पछ्याउदै अर्का एक जोडिले सम्बन्धविच्छेद गरेका छन् । सम्बन्धविच्छेद गर्ने यि जोडी हुन् एन्जेलिना जोली–ब्राड पिट । १२ वर्षसँगै समय बिताएका यि जोडीको ६ सन्तान रहेका छन् जस मध्य ३ लाई उनीहरूले काख लिएका हुन् ।
Angelina Jolie
अभिनेत्री, चलचित्र निर्माता एन्जेलिना जोलीले विवाहको दुई वर्ष पछि अभिनेता श्रीमान् ब्राड पिटसँग सम्बन्धविच्छेदको लागि निवेदन दिएकी छिन् । श्रोत अनुसार पिटले हुइड र मदिरा धेरै प्रयोग गर्ने गरेको र बच्चालाई रेखदेख गर्ने उनको तरिकाले एन्जेलिना रुष्ट भए पछी सम्बन्धविच्छेदको निवेदन दिएकी हुन् । हलिउडको आदर्श जोडीको रुपमा मनिने यो जोडी १५ सेप्टेम्बर, २०१६ मा औपचारिक रुपमा अलग भएका हुन् ।

खबर अनुसार एन्जेलिनाले आफ्ना ६ बच्चाहरुको रेखदेखको जिम्मेवारी माग्दै पिटलाई बेला बेलामा आफ्ना बच्चाहरुलाई भेट्न सक्ने छुट दिएकी छिन् ।