May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५२  पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५२ पुगेको छ ।आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको संगै संक्रमितको संख्या ५२ पुगेको हो ।स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।

यस्तै हिजो दुइ पुरुषमा कोरोन पुष्टि भएको थियो उनीहरु वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।

उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ४९ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरनए) ले जनाएको छ ।
एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको मृत्यु भएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको पनि बताए ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना ुक्त भएको सो समितिले जनाएको छ ।

संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर तथ्यांक संकलन गर्दै आएको छ ।
नेपालमा भने हालसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोनामुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।