May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

थप ७ जनामा कोरोना पुष्टी, संक्रमित संख्या १०९ पुग्यो

थप ७ जनामा कोरोना पुष्टी, संक्रमित संख्या १०९ पुग्यो

नेपालमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । उदयपुर, कपिलवस्तु र पर्साका ७ जनामा शनिवार कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

मन्त्रालयका अनुसार उदयपुरका ३ जना, कपिलवस्तुका ३ जना र पर्साका एक जनामा कोरोना पुष्टी भएको हो । उदयपुरको भुल्केका संक्रमित ३ जना १८, ४५ र ६५ वर्षका महिला छन् भने पर्साका एक ६२ वर्षीय पुरुष छन् । त्यस्तै कपिलवस्तुका २ जना १८ बर्षका र एक जना १७ वर्षका रहेका छन् ।