May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको मृत्यु

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको मृत्यु

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको बिहीबार राति ८४ वर्षको उमेरमा काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

१९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । उनले वि. सं. २००६ सालमा पहिलो पटकमै ६ वटा रेकर्डिङ गरेकी थिइन । गायिका रानुदेवील्े निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेकी थिइन् । उनका एक छोरा र दुई छोरी रहेका छन् ।