May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

कंगना रनौट विरुद्ध प्रहरीले गर्यो मुद्दा दायर !

कंगना रनौट विरुद्ध प्रहरीले गर्यो मुद्दा दायर !
तस्वीर : गूगल

बलिउड अभिनेत्री कंगना रनौट विरुद्ध मुद्दा दायर भएको छ । भारतिय मिडियाका अनुसार उनले एक विशेष समुदायका सदस्यलाई ‘आतंकवादी’ भनी सम्बोधन गरेको बताइएको छ ।

‘आतंकवादी’ भनी सम्बोधन गरेकोले उनीविरुद्ध गएको बुधबार मुद्दा दायर गरिएको भारतीय मिडियाले जनाएको छ । उनीविरुद्ध सुबर्बन अम्बोली प्रहरी सटेशनमा प्रहरीले मुद्दा दायर गरेको जनाइएको छ ।

उनकी बहिनी रंगोली चन्डेलको ट्वीटर एकाउन्ट पनि गालीबेइजतीका कारण प्रतिबन्ध लगाइएको जनाइएको छ । मिडियाका अनुसार कंगनाले बहिनीको समर्थनमा तयार पारेको भिडियोमा खास समुदायलाई ‘आतंकवादी’ को आरोप लगाएको बताईएको छ ।

कंगना कोरोभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण उनी घरमै परिवारसँगै छिन् ।