May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

विश्वमै सबैभन्दा बढी खोजिने गायिकाको दोस्रो नम्बरमा नेहा कक्कड !

विश्वमै सबैभन्दा बढी खोजिने गायिकाको दोस्रो नम्बरमा नेहा कक्कड !

विश्वमै सर्वाधिक खोजिने गायिकामा बलिउडकी चर्चित गायिका नेहा कक्कड परेकी छिन् । उनी विश्वमै सबैभन्दा बढी सर्च गर्नेमा परेकी हुन् । भारतिय मिडियाका अनुसार उनलाई युट्युबमा सबैभन्दा धेरै पटक खोजिएको छ ।

उनी विश्वभरमा बढी खोजिने गायिकामा दोस्रो नम्बरमा परेकी छिन् । आफु विश्वकै सबैभन्दा बढी खोजिने गायिकामा दोस्रो स्थानमा परेको बारे गायिकाम नेहाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी हुन् ।

उनलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन् । भने पहिलो स्थानमा रहेका कार्डी बीलाई कुल ४ दशमलव ८ बिलियन दर्शकले युट्युबमा खोजेका छन् । नेहा भारतकै नम्बर वान गायिका र इण्डियन आइडलकी जज पनि हुन् । उनले हालसम्म धेरै गीतहरु गाएकी छिन् ।